एजेन्सी– अफगानिस्तानको पश्चिमी क्षेत्रमा आज ६.३ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो ।
ग्रिनविच मिनटाइमअनुसार तीन बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो । यही असोज २० गते (अक्टोबर ७) हेरातको सोही भागमा छ दशमलव तीन म्याग्निच्युडको शक्तिशाली भूकम्प र आठ वटा परकम्प गएको थियो । उक्त भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको थियो भने एक हजारभन्दा बढीको मृत्यु र सयाँै घाइते भएका थिए ।
हजारौँ भयभित बासिन्दा बिना आश्रय रहन बाध्य भएको र स्वयंसेवकहरूले बाँचेकाहरूको खोजी गरिरहेका बेला सोही तीव्रताको अर्को भूकम्प जाँदा एक जनाको मृत्यु र एक सय ३० जना घाइते भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar