काठमाडौं– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
आज बिहान उनी ओलीलाईं भेटेर विराटनगर फर्केका हुन् । कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
मुख्यमन्त्रीको शपथसँगै उनले कांग्रेस र एमालेका केही मन्त्री नियुक्ति गर्ने बुझिएको छ ।
सोही बारेमा आज उनले ओलीसँग छलफल गरेको बुझिएको छ ।
कांग्रेसका सांसद् कार्की शनिबार एमालेका सहित ४७ जना प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar