काठमाडौं– केही समयअघिसम्म सुनसान रहेको अन्नपूर्ण पदमार्गमा पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ ।
अहिले दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए । उनका अनुसार तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् ।
पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी हर्षित भएको उनको भनाइ छ । पर्यटक नआउँदा आम्दानी शून्य जस्तै भए पनि यतिबेला दैनिक रु ३० देखि ४० हजारसम्म कमाइ हुने गरेको उनले सुनाए ।
यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar