काठमाडाैं – गृहमन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५ सह-सचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले असोज २३ को निर्णयानुसार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला सर्लाही सरुवा भएका छन् भने सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम सरुवा गरिएको छ ।
यसैगरी इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँके सरुवा गर्दा गृहमन्त्रालय वा अन्तर्गत दरबन्दी रहेका टुवराज पोखरेललाई दोलखा पठाइएको छ । सहसचिव विपिन आचार्य बाँकेबाट गृह-मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar