काठमाडौं– तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाका आरोपी सञ्जय भण्डारीविरुद्ध जन्मकैद माग गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर, काठमाडौंले रायसहित बुझाएको प्रतिवेदनमा जन्मकैदको माग गरिएको छ ।
सरकारी वकिलको कार्यालयले अदालतमा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ ।
भण्डारीको बयानका आधारमा थप अनुसन्धान गर्नुपर्ने देखिएपनि २५ दिनभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउनुपर्ने बाध्यता भएकाले
प्रतिवेदन बुझाइएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । प्रहरीले थप छानबिन गर्न मिल्ने बाटो राखेको छ ।
प्रहरीले पक्राउ गरेपछि सिन्धुपाल्चोकका भण्डारीले सः मिलको बन्द गेटबाट माथि चढेर भित्र गएर विशाल राईको हत्या गरेको बयान दिएका थिए । त्यसपछि अरु थप तीन जना पनि आएपछि हत्या गरेर शव व्यवस्थापन गरेको बताएको अनुसन्धान प्रतिवेदनमा प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले भण्डारीको ‘ब्रेन म्यापिङ’ समेत गराएको थियो । आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक ब्रेन म्यापिङ विधिको प्रयोग गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar