काठमाडौं – दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् ।
भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले जानकारी दिए ।
नर्तमलाई दुई दिन अघिदेखि ज्वरो आएको थियो । ज्वरोले बिरामी भएको अवस्थामा गाउँमा ठूलो ओखती भनिने जडीबुटी खाएको जानकारी आएको लम्सालले बताए । ६१ वर्षका धने कामी र १२ वर्षीय रमेश विकको पनि स्वास्थ्य अवस्था गम्भीर छ ।
उनीहरुको दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar