काठमाडौं– जङ्गली जनावरका लागि थापेको करेन्टको धरापमा परेर एक पुरुषको ज्यान गएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–१४ बिनमाटोलमा करेन्ट लागेर गएराति ५० वर्षीय शिवजी साह तेलीको ज्यान गएको हो ।
स्थानीय नरेश साह बनियाले जङ्गली जनावर छेक्न खेतमा लगाएको बिजुलीको नाङ्गो तारमा परेर तेलीको ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
तेलीको ज्यान गएपछि प्रहरीले जग्गाधनी रामकेवल साहलाई पक्राउ गरेको लामिछानेले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar