काठमाडौं– नेपाली कांग्रेसले कोशी प्रदेशमा फेरि पार्टीकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकमा कोशी सरकारबारे छलफल भएको थियो ।
छलफलमा सभापति देउवाले पुनः कांग्रेसकै नेतृत्वमा कोशीमा गठबन्धन सरकार बनाउनुपर्ने धारणा राखेका हुन् ।
कोशीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउन जमर्कोमा कांग्रेस छ । यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेर कुरा गर्ने तयारी छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशीमा पार्टीले के गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो ।
सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर कोशीमा फेरि कांग्रेस नेतृत्वमै सरकार बनाउनुपर्ने विषयमा कुराकानी गर्ने तयारी गरेका छन् ।
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि समय दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar