काठमाडौं– नेपाल सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।
इजरायल घटनामा १० जना नेपालीहरुको हत्या भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको हो । हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आजका लागि राष्ट्रिय शोकको निर्णय गरेको हो ।
आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।
पश्चिम एसियाली राष्ट्र इजरायलमा गत शनिवार प्यालेष्टाइनी अतिवादी समुह हमासले अचानक आक्रमण गरे पछि ‘पढने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको हत्या भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar