काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो राखेका छन् ।
आज परराष्ट्र मन्त्री एनपी साउदलाई शितल निवास बोलाएर राष्ट्रपति पौडेलले नेपालीहरूको अवस्थाबारे चासो राखेका हुन् ।
इजरायलमा रहेका नेपालीहरूलाई उद्धार, स्वदेश फिर्ता, मृतकका परिवारलाई राहत लगायतका विषयमा राष्ट्रपतिले मन्त्री साउदसँग चासो राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
शनिबार हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । साथै राष्ट्रपतिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपति पौडेलले इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar