काठमाडौं– इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन मन्त्रालयमा बैठक बसिरहेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको जारी बैठकमा इजरायलमा रहेका नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्दार गर्ने लगायतका विषयमा आवश्यक छलफल भइरहेको हो ।
संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गर्दै नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नु पर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण काम गर्ने बताइएको छ ।
सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar