काठमाडौं– चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन
लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए ।
सिसापाङ्मा हिमालमा हिजो शनिवार दिउँसो सात हजार छ सय मिटरमाथि हिमपहिरो गएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar