काठमाडौं– तलबको माग गर्दै शिक्षक कर्मचारीहरूले रौतहटको फतुवा विजयपुर नगरपालिकामा तालाबन्दी गरेका छन् ।
चाडपर्वको मुखमा पनि तलब पाउने कुनै छाँटकाँट नदेखिएपछि शुक्रवार शिक्षक र कर्मचारीहरुको समूहले नगरको कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन । तालाबन्दी गर्नु अघि उनीहरूले फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवलाई ज्ञापन पत्र बुझाएका थिए ।
पछिल्लो ६ महिना देखि तलब नपाएको र अहिले चाडपर्वको मुखमा पनि तलब पाउने सङ्केत नदेखिएकाले बाध्य भएर नगरपालिकामा तालाबन्दी गरेको शिक्षक राधेश्याम यादवले बताए ।
तालाबन्दी लगत्तै त्यहाँ पुगेका वडा अध्यक्षसहित जनप्रतिनिधिले नगरपालिकाको खाता सञ्चालन गराउन तत्काल नगरसभा गर्ने सम्बन्धमा सल्लाहको लागि कार्यवाहक मेयर अम्बेया खातुनलाई बोलाएका थिए ।
कार्यवाहक मेयर खातुनले तत्काल नगरपालिका आउन नसक्ने गैरजिम्मेवार जवाफ दिएपछि नगरका ११ वटै वडा अध्यक्षहरूले तालाबन्दी प्रति ऐक्यबद्धता जनाएको वडा ९ का अध्यक्ष राकेश यादवले बताएका छन् ।
फतुवा विजयपुरमा हालसम्म नगरसभा नभएको कारण नगरको खाता सञ्चालन नभएर शिक्षक,कर्मचारीले तलब पाएका छैनन् भने सामाजिक सुरक्षा भत्ता समेत निकासा हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले जानकारी दिएका छन् ।
फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवलाई अख्तियारले लालबकैया नदीको टेन्डरको मुद्दामा दोषी ठहर गरेपछि उनी निलम्बित भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar