काठमाडौं– काठमाडौंको जोरपाटीमा आफ्नै ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पक्राउ परेका बाबुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।
पक्राउ परेका बाबुविरुद्ध १६ देखि २० वर्षसम्मकै कैद सजाय माग गरिएको छ । हाडनातामा भएको बलात्कारमा थप ३ देखि ६ वर्ष कैद पनि मागदाबी लिइएको छ ।
घटना भने एक वर्ष अगाडिको हो । तर बाबुविरुद्ध आमाले प्रहरीमा उजुरी भने २०७९ माघ ८ गते दिएकी थिइन् । उनले आफ्नै पतीले छोरीलाई बलात्कार गरेको भन्दै श्रीमान्विरुद्ध जाहेरी दिएकी थिइन् ।
जाहेरवालाका अनुसार छोरीले गत भदौ १४ गते करिब एक वर्ष पुरानो घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् ।
बालिकाले बाबुले मादक पदार्थ सेवन गरेर आएर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । ल्होसारका दिन आमा बाहिर गएको र दिदी अर्कै कोठामा रहेको मौकामा बाबुले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । श्रीमान् श्रीमती दुबै गलैँचा कारखानामा काम गर्दै आएका थिए ।
पक्राउ परेका बाबुले आफूलाई श्रीमतीले फसाएको र छोरीमाथि कहिल्यै त्यसो नगरेको दाबी गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar