काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको लोकप्रियता घटेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर नेता पौडेलले बजारमा मूल्यवृद्धि बढेको तर सरकारको लोकप्रियता घटेको बताए ।
उनले देश आर्थिक मन्दीले थलिएको बताए । कालोबजारीलाई गर्ने र कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई अनुरोध गरे ।
‘एक त देश आर्थिक मन्दीले थलिएको छ, ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको छ, यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ, १९ सयमा पाइने बोराको मूल्य ३ हजार पर्छ। चिनी, दाल, तरकारीको मूल्य आकासिएको छ।’पौडेलले भने,‘यति बेला सबै चिजको मूल्य बढेको छ। सरकारप्रतिको भरोसा र लोकप्रियता मात्र नबढेको स्थिति हो। सरकारलाई अनुरोध गर्न चाहन्छु, देखावटी रुपमा साच्चै मूल्य नियन्त्रण र कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरी सरकारको उपस्थिति देखाओस्।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar