काठमाडौं– बाँकेका योगराज ढकाल(रिगल) लाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन बसेकी भारती मानन्धरलाई अस्पतालमा लगिएको छ ।
आज दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोस भएपछि वीर अस्पताल लगिएको हो ।
आफ्ना श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै उनले बुधबार माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन् ।
संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिँदै रिहा गरेको थियो । भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar