काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको प्रष्ट पारे । उनले मध्यावधिमा गए अरू दलको सिट घट्ने पनि बताउँदै मध्यावधि भए एमालले १५ सिट बढाउँने दाबी गरे ।
अध्यक्ष ओलीले अहिले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको पनि बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि जिकिर गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar