तनहुँ – ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक युवक पक्राउ परेका छन् ।
मंगलबार दिउँसो, तनहुँको भानु नगरपालिका – ९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका – ६ सेप्राङ घर भएका २६ वर्षीय कर्ण बहादुर मास्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar