काठमाडौं– बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा तीनदिन बिदा दिएको छ ।
मंगलबार गएको भुकम्पपछि धेरै विद्यालयमा क्षति भएको र मानसिक रुपमा विक्षिप्त बनाएको भन्दै नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन शुक्रबारसम्मका लागि बन्द गर्न निर्देशन दिएको हो ।
आज बिहान एक सुचना जारी गर्दै विद्यालयले विपदको यो समयमा सबै सजग र सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बझाङमा १६ घण्टामा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar