काठमाडौं – नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको एक सय ५६औँ जन्मजयन्तीको अवसर पारेर विचार गोष्ठी आयोजना गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा कोश र व्याकरण) विभागले आयोजना गरेको सो कार्यक्रमको प्रतिष्ठानका कुलपति भूपाल राईले शुभारम्भ गर्दै इतिहासको पूनर्लेखनसहित महाकवि सिद्विदास महाजुको व्यक्तित्व र कृतित्वलाई उजागर गर्नुपर्ने विचार व्यक्त गरे । उनले नेपालको विविधतायुक्त संस्कृतिलाई नयाँ ढंगले बाहिर ल्याउनु पर्ने आवश्यकता रहेको औँल्याए । कुलपति राईले सिद्धिदासको कृतित्वको महत्वलाई उजागर गर्नुपर्ने धारणा राखे ।
उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले महाकवि सिद्विदास सबैका लागि प्रेरणाको स्रोत हुनाका साथै सुन्दर काव्यशिल्पीका रूपमा मानक बनिसकेको बताए । प्रतिष्ठानका सदस्य–सचिव डा धनप्रसाद सुवेदीले महाकवि सिद्विदासले साहित्यमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । उनले नेपाल भाषाका विशिष्ट स्रष्टा सिद्धिदासको व्यक्तित्व र कृतित्वलाई व्यापक ढंगले परिचर्चा गरिनुपर्नेमा जोड दिए । आयोजक विभागका प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ ले महाकवि सिद्धिदासले नेपाल भाषाको जागरण, सामाजिक, धार्मिक र सांस्कृतिक चेतनालाई आत्मसात् गर्दै साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे ।
गोष्ठीमा ‘नेपाल भाषाको गीतमा प्रतिरोधी चेतना’ बारे कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार वदन शर्माले नेपाल भाषाका गीतको पृष्ठभूमि, उद्देश्य, सीमा, प्रतिरोधी गीतको विश्लेषण र निष्कर्षबारे चर्चा गरे । सो कार्यपत्रमाथि डा चुन्दा बज्राचार्यले टिप्पणी गर्दै रुपान्तरणका पक्षमा स्रष्टाको भूमिका विशेष रहने विचार व्यक्त गरिन् । यसैगरी, ‘नेपाल भाषाको आधुनिक कवितामा विद्रोही चेत’ बारे कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार रामेश्वर श्रेष्ठले भाषाको सीमांकन, अनुसन्धान पद्धति, नेपाल भाषा साहित्यमा प्रगतिवादी चिन्तन, नेपालका कवितामा विविध विद्रोही चेतका स्वर, निरंकुश शासकविरुद्ध विद्रोह, समाजमा भएका वर्गभेद तथा जातिभेद विरुद्ध विद्रोहबारे चर्चा गरे । उक्त कार्यपत्रमा साहित्यकार जुजुकाजी रञ्जितकार, धर्मराज कर्णिकार, बज्ररङ्ग बज्राचार्य, इन्दुल केसी र वैरागी कान्छोले टिप्पणी गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar