काठमाडौं– कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् ।
सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् ।
उनले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको पनि असोज २० मा ३० दिन पुग्दैछ ।
असोज २० गते नै विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आजको बैठकमा गत २४ भदौमा सरकारले ल्याएको अध्यादेश टेबल हुनेछ ।
विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar