काठमाडौं – गोरखा जिल्ला स्थायी घर भएका स्विजरल्याण्ड राजदुतावासमा सिनियर भिषा अधिकृत पदमा कार्यरत मनोहर बन्जारा दम्पती विवादमा मुछिएका छन् ।
बन्जारा दम्पती आफ्नै छोराछोरीका कारण यतिबेला विवादमा मुछिएका हुन् । बन्जारा दम्पतीका छोरा र छोरीको पत्याउनै नसक्ने अस्वभाविक जन्ममिति उल्लेख भएको नेपाली नागरिकता सार्वजनिक भएपछी उनिहरु विवादमा मुछीएका हुन् । गोरखा जिल्ला साविक तान्द्राङ गाविस वडा नं.२ मा जन्मिएका बन्जारा दम्पतीका छोरा जनार्दन र छोरी पवित्राको नागरिकतामा उमेर जम्मा साँढे चार महिनाको मात्र फरक देखिन्छ ।
सामान्यतया एकै दम्पतीबाट जुम्ल्याहा, तिम्ल्याहा सन्ततीहरु जन्मिएपनी तिनीहरुको उमेर एकै समयमा हुनुपर्ने भएपनी उनिहरुको भने साँढे चार महिना अर्थात् एक सय तेत्तिस दिनको मात्र फरक छ । जुन अस्वभाविक हो । चिकित्शा क्षेत्रका जानकारहरुका अनुसार पनि यो अपत्यारिलो,कठीन र असम्भव हो । तर बन्जारा दम्पतीले यति छोटो अवधीमै दुई सन्ततीलाई कसरी जन्म दिए भन्नेबारे अहिले दुनिया नै चकित छन् ।
सामाजिक संजालमा सार्वजनिक भएको विवरणपछी खोजी गर्ने क्रममा गृह मन्त्रालय श्रोतबाट हामीलाई प्राप्त भएको बन्जारा दम्पतीबाट जन्मिएका छोरी पवित्रा र छोरा जनार्दनको उक्त नागरिकतामा उनिहरुको अस्वभाविक जन्ममिति उल्लेख भएको देखिन्छ । जसमा मनोहर पुत्री पवित्राको नागरिकतामा २०५३ साल साउन १५ र पुत्र जनार्दनको २०५३ मंसिर २८ गते जन्ममिति उल्लेख छ ।
त्यस्तै सोहि जन्ममिति उल्लेख गरी क्रमशः वि.सं. २०७० साल जेठ २९ गते (ना.प्र.नं. ४४१०४०/८८३) उल्लेख गरिएको जनार्दनको र २०७० भदौ २० गते (ना.प्र.नं. ४४१०४०/९२६) उल्लेख गरिएको पवित्राको बंशजको आधारमा जिल्ला प्रशासन कार्यालय गोरखाबाट नेपाली नागरिकता जारी भएकोे छ । त्यस्तै दुवैजनाको नागरिकतामा गोरखा जिल्ला साविक तान्द्राङ गाविस वडा नं.२ स्थायी ठेगाना र बाबुआमाको नाम पनि मनोहर र तारादेवी पाण्डे बन्जरा नै उल्लेख छ ।
त्यस्तै दुवै नागरिकता जिल्ला प्रशासन कार्यालय गोरखाका तात्कालिन प्रमुख प्रशासकिय अधिकृत केदार प्रसाद धितालले प्रमाणित गरेका छन् । नागरिकता प्रमाणित गरिएको मिति अनुसार पवित्राको भन्दा पहिले तिन महिना अघी नै पवित्राका भाई जनार्दनले नागरिकता बनाएको देखिन्छ । दिदी पवित्राले भन्दा भाई जनार्दनले तिन महिना अगावै नागरिकता बनाउनाले उनिहरुमाथी नियोजित् हो की भनी आशंका गर्ने ठाउ देखिन्छ भने बन्जरा दिदी भाई द्धयले झुठ्ठा विवरण पेश गरी नागरिकता जारी भएको पनि अनुमान गर्न सकिन्छ ।
यदी त्यसो भएमा नेपाल नागरिकता ऐन २०६३ को पहिलो शंसोधन २०७९ को दफा २१ आकर्शित हुने देखिन्छ । जसमा “यदी कसैले नागरिकताको झुठ्ठा वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्ष देखी पाँच बर्षसम्म कैद वा बीस हजारदेखी एक लाख रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुनेछ” भनिएको छ ।
यदि गृह मन्त्रालयले यस घटनाबारे छानबिन गरी दोशी प्रमाणित भए बन्जारा दीदी भाईको नागरिकता नै खारेज हुन्छ भने उनिहरुसहित उनिहरुका बाबु मनोहर र नागरिकता जारी गर्ने तात्कालिन प्रमुख प्रशासकिय अधिकृत धितालमाथी पनि कारवाही हुने देखिन्छ ।
यस विषयमा जानकारी लिन जिल्ला प्रशासन कार्यालय गोरखाको ०६४ – ४२०१८९ नं.मा टेलिफोन गर्दा फोन उठेन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar