काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैर जिम्मेवार भएको बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख गरे । उनले अहिले विकासका कामलाई ठप्प पारिएको बताए । ओलीले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए ।
अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको आरोप पनि लगाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar