काठमाडौं– संविधान दिवसको अवसर पारेर सरकारले दिएको आममाफीप्रति असन्तुष्टि जनाउन राष्ट्रपति भेटन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सहितको टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले उल्टै प्रश्न सोधेका छन् ।
सरकारले मन्त्रिपरिषद्को बैठक बसेर सबै प्रक्रिया पूरा गरेर पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न सक्ने नसक्ने विषयमा प्रष्ट हुन भन्दै राष्ट्रपति पौडेलले आफुले इन्कार गर्न नमिल्ने बताएका हुन् ।
संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने भएकोले आफूले मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई इन्कार गर्न नसक्ने जवाफ राष्ट्रपति पौडेलले दिएका हुन् ।
संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण पनि पौडेलले गराएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
‘जहाँसम्म ६७० जनाको बाँकी कैद मिनाहाको विषय छ त्यो सबै प्रक्रियाहरू पु¥याएर मन्त्रिपरिषदले निर्णय गरेर आएपछि मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ,’ पौडेलले भने।
राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसदलाई भएको स्मरण पनि गराए ।
रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपति समक्ष सरकारको ध्यानाकर्षण गराईदिन आग्रह गर्न आएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar