काठमाडौं– काठमाडौं मेडिकल कलेज (केएमसी) का एक जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरुले प्रदर्शन गरेका छन् ।
डाक्टरहरुले अस्पताल प्राङ्गण अगाडि बिहान प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र अत्याचार अन्त्य गर्न माग गरेका छन् ।
हिजो उपचारका लागि केएमसी पुगेका बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेको अस्पतालले जनाएको छ ।
कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले हिजो पनि सिनामङ्गल क्षेत्रमा प्रदर्शन गरेका थिए ।
यसअघि पनि पोखराको मणिपाल, लमजुङको लमजुङ अस्पताललगायत देशभरका विभिन्न अस्पतालमा डाक्टरमाथि कुटपिट भएपछि डाक्टर एवम् स्वास्थ्यकर्मीले ५ दिनदेखि सेवा ठप्प पार्दै आन्दोलन गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar