काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी धादिङ काठमाडौं सम्पर्क मञ्चले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार, मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भु, काठमाडौमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ४० जनाभन्दा बढीले रक्तदान गरेका छन्।
मञ्चले यसअघीदेखी नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरेहेको र पछील्लो समय देशभर रगत अभाव भइरहेका बेला त्यसलाई सहज बनाउन रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको पनि अध्यक्ष श्रेष्ठले बताए।
रक्तदान कमर्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पोलिटव्यूरो सदस्य गुरुप्रसाद वुर्लाकोटी लगायत पार्टीका नेता कार्यकर्ताहरु उपस्थित भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar