काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाका लागि असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरी असुरक्षित ठानिएका अस्पतालहरूमा बढीमा ७ जनासम्म हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय भएको जानकारी दिए ।
समिति बैठकमा गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरूमाथि भएको घटना र कारबाहीबारे जानकारी गराएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar