काठमाडौं – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३७१ दिनपछि पृथ्वीमा फर्केका छन् ।
अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने अमेरिकी बनेका उनीसँगै अरु दुई रुसी अन्तरिक्ष यात्री पनि फर्केका छन् ।
रुबियो १८० दिन मात्र बस्ने गरी अन्तरिक्षमा गएका थिए । तर उनको यान अन्तरिक्षमै केही चिज (स्पेस जंक) सँग ठोक्कियो । जसले गर्दा उनको यानमा केही खराबी आयो र उनको यात्रा लम्बियो ।
अन्तरिक्षमा धेरै दिन बिताएका कारण उनी पृथ्वीमा फर्केपछि उनको हेरचाहका लागि एउटा रिकभरी टिम तयारी अवस्थामा थियो । गुरुत्वाकर्षण नै नभएको ठाउँमा लामो समय बसेका कारणा पृथ्वीमा फर्केका कारण उनको शरीरमा असर परेका कारण उनलाई रिकभरी टिमले यानबाट बाहिर निकालेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar