काठमाडौं – नेकपा एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म मेची महाकाली जागरण अभियान चलाउने भएको छ ।
बिहिवार एकीकृत समाजवादीले पत्रकार सम्मेलन गरी मेची महाकाली जागरण अभियानबारे जानकारी गराएको हो । जागरण अभियान आउँदो शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने बताईएको छ ।
अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ । आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर, जनताको सुझाव लिनका लागी जागरण अभियान चलाउन लागेको पार्टीका महासचिव घनश्याम भूसालले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar