जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिएपछी पक्राउ परेका चिकित्सक रिहा भएका छन् ।
मंगलबार, समाजिक संजालमा मुख्यमन्त्री सरोज यादवलाई कालो मोसो दल्ने चेतावनीका साथै सामाजिक सद्भाव भड्किने शब्दहरु प्रयोग गरेपछि डा. अरुणकुमार झालाई प्रहरीले पक्राउ गरेको थियो । यद्धपी गल्ती स्वीकार गरेको र अब यस्तो गल्ती नदोहोरिने सर्तमा उनलाई आज रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
मौखिक उजुरीमात्रै भएकोले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको डिएसपी अवाको भनाइ छ । पक्राउ परेर छुटेका झा आयुर्वेदिक चिकित्सक हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar