काठमाडौं – प्रविधिमा आएको परिवर्तनसँगै नेपाली चलचित्रमा नयाँपनको थालनी भएको छ । विसं २०६३ पछि चलचित्र क्षेत्रमा पनि परिवर्तन देखा पर्यो ।
प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका कारण विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पछि निर्माण भएका ‘कागबेनी’ एवं ‘सानो संसार’ बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले नेपाली सिनेजगतमा नयाँपन ल्याउने बाटो खोल्यो । चलचित्र ‘लूट’ को प्रदर्शनपश्चात यसले झनै गति लियो । यी चलचित्रको निर्माणले नेपाली सिने जगतमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, कला, पहिरन, छायांकन, लवजसँगै प्रस्तुतिका दृष्टिले अन्यभन्दा भिन्न चलचित्र ‘लूट’ ले नयाँपनको थालनी गर्यो । देशमा भइरहेको परिवर्तन र त्यसले दिएका विषयवस्तु तथा परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ ।
यसअघि सामाजिक विषय र बदलाभावका कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले फेर्न चाहेनन् । बजारको मागअनुसार चलचित्र निर्माण भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । उनले समाजमा देखिएको परिवर्तन र नयाँपनलाई लामो समय चलचित्रमा उतार्न नसकिएको जिकिर गरे । उनले भने, ‘त्यो समयमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे । दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो । अहिले बन्ने चलचित्रमा बढी यथार्थ खोजिन्छ, त्यो समय काल्पनिक कथा रोजाइमा पथ्र्याे ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar