काठमाडौं– मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड हुने भएको छ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले बेलुका ५ बजे कार्निभल रेस्टुरेन्टमा सेयर बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीको आइपीओमा १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar