काठमाडौं– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ ।
प्रदेश सरकारको मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो । सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन पेस गर्न सूचना जारी गरिसकेको छ ।
मन्त्रालयका सचिव भीष्मकुमार भुसालका अनुसार ऐनको कार्यान्वयन गर्दै विश्वविद्यालयका लागि आवेदन माग भएको र सो विषयमा सार्वजनिक, निजी जुनसुकै प्रकृतिका शैक्षिक संस्थाहरुले निवेदन दिन सक्नेछन् । ऐन जारी भएको डेढ वर्षपछि सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँदै आवेदन माग गरेको हो ।
सूचनाअनुसार प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले सूचना जारी भएको मितिले ३० दिनभित्रमा विश्वविद्यालय स्थापनाका लागि एक लाख रुपैयाँ राजस्वसहित आवेदन पेस गर्न आह्वान गरेको छ ।
यसअघि प्रदेश सरकारले हेटौँडामा नै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाइसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar