२०८१ कार्तिक ३, शनिबार
काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–३ शान्तिटारमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयलाई शैक्षिक तथा खाद्य सामाग्री वितरण गरिएको छ ।
४४ औं सामाजिक सेवा दिवसको अवसर पारेर प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले आज सामाग्री वितरण गरेको हो ।
बजेट अभावले विद्यालयलाई व्यवस्थित गर्न समस्या परेको समयमा पाएको सहयोगले निकै राहत मिलेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयका प्रधानाध्यापक शर्मिला अधिकारीले बताइन् ।
नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा रहेका बालबालिकाको हितमा काम गर्ने सोच रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्र्देशक दामोदर अर्यालले बताए । २०५८ सालमा स्थापित प्रयास नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा हाल ३० जना बालबालिकाहरु रहेका छन् । बौद्धिक अपाङ्गता भएका उत्तरी धादिङदेखि दक्षिणी धादिङसम्मका विद्यार्थीहरु यस विशेष विद्यालयमा आएका छन् । तर सरकारी निकायबाट कुनै सहयोग नपाउँदा विद्यालय सञ्चालन गर्न निकै समस्या तथा चुनौतिको सामाना गर्नु परेको विद्यालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar