काठमाडौं– मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले डोटीको शिखर नगरपालिका–२ घर भई हाल काठमाडौंमा बस्दै आएका ३२ वर्षीय धन बहादुर बोगटीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै कृष्ण बहादुर बोगटीबाट तीन लाख लिएर फरार रहेका थिए । प्रहरीले धन बहादुर बोगटीलाई काठमाडौंको सेतो सेतोपुलबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar