काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी) को वार्षिक बैठकमा सहभागी हुन आज इजिप्ट प्रस्थान गरेका छन् ।
उनको साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी छन् । उनले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउने छन् ।
बैठकमा दिगो सीमापार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उद्यमान बजारहरूमा दिगो पूर्वाधारका लागि निजी इक्विटी जुटाउने छलफल हुने बताइएको छ ।
साथै हरित र प्रविधि सक्षम पूर्वाधारमा स्टार्टअपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्नेलगायतका विषयहरूमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar