काठमाडौं – प्रचुर सम्भावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको शैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत ’वाइल्ड स्टे विथ चौँरी’ को आयोजना गरेको छ ।
गएको वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर शुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।
असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवम् सुरक्षा निकायका अधिकारी सहभागी हुनेछन् । क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भन्डारी, कलाकार निखिल उप्रेती, दीलिप राजमाझी, गायक दीप क्षेत्री, यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिसागर, ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने छन् ।
असोज ११ गते बिहान काठमाडौंदेखि शैलुङको यात्रा शुरु हुनेछ । असोज १२ गते चौरीँ गोठ र शैलुङलाई ’एक्सप्लोर’ गर्ने आयोजकले जनाएको छ । त्यही दिन साँझ स्थानीय सांस्कृतिक कार्यक्रमसहित रैथाने खानामा रमाइनेछ ।
आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar