एजेन्सी– अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ । मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीनवटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको थियो ।
लस एन्जलसको अदालतमा बुधबार भएको सुनुवाइमा न्यायाधीशले अभिनेतालाई दुईवटा मुद्दामा दोषी ठहर गरेको हो । तर, तेस्रो मुद्दामा भने कुनै निष्कर्षमा पुग्न सकिएन ।
चर्च अफ साइन्टोलोजीका पूर्व सदस्य रहेका तीन महिलाले मास्टरसनमाथि सन् २००१ र २००३ बीच आफ्नो हलिउड हिल्सको घरमा बलात्कार गरेको आरोप लगाएका थिए । यसअघि जुन २०२३ मा यस मुद्दाको सुनुवाइपछि प्रहरीले ड्यानी मास्टरसनलाई हिरासतमा लिएको थियो ।
पीडितहरूले मास्टरसनलाई आफ्नो पेय पदार्थ मिसाएर बलात्कार गरेको आरोप लगाए । यसै क्रममा अभिनेताका वकिलले भने अभिनेता र महिलाबीचको सबै कुरा सहमतिमा भएको दाबी गरेका थिए ।
सन् २००१ र २००३ को बीचमा जब मास्टरसनले यी अपराधहरू गरे, उनको टिभी शो ‘द ७० को शो’ प्रसारण हुन्थ्यो । यो अमेरिकाको चर्चित टिभी शो मध्ये एक थियो जसमा एश्टन कुचर र मिला कुनिसजस्ता चर्चित हलिउड कलाकारहरू पनि देखिएका थिए ।
यस शो बाहेक ड्यानीले ‘मेन एट वर्क’ र ‘द ¥यान्च’ नामक टिभी शोहरू पनि गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar