एजेन्सी– भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले देशको सूर्य मिसनको तस्बिर साझा गरेको छ । बिहीबार इसरोद्वारा साझा गरिएका तस्बिरहरू आदित्य–एल १ द्वारा सेप्टेम्बर ४ मा खिचिएको हो ।
एउटा तस्बिरमा पृथ्वी र चन्द्रमा एउटै फ्रेममा देखिएका छन् भने अर्को तस्बिर सेल्फी हो जसमा आदित्य–एल १ का सातवटा उपकरणमध्ये दुई वटा देखिन्छन् ।
आदित्य–एल १ लाई गत शनिबार अन्तरिक्षमा पठाइएको थियो, जसलाई पृथ्वीबाट १५ लाख किलोमिटर टाढा ल्यागरेन्ज बिन्दुको कक्षमा राखिनेछ। उक्त स्थानमा पुग्न चार महिना लाग्ने इसरोले जनाएको छ ।
युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार ल्यागरेन्ज बिन्दु भनेको सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बराबर हुने ठाउँ हो । यहाँ आदित्य–एल १ ले सूर्यको वरिपरि पृथ्वीको गतिमा परिक्रमा गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar