काठमाडौं – नेपाली चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ मा अभिनेत्री आँचल शर्माले अभिनय गर्ने पक्का भएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने यो चलचित्रमा आँचलले अभिनेता दयाहाङ राईसँग रोमान्स गर्नेछन् । सोही नाममा मण्डला थिएटरले २०७१ सालमा दयाहाङकै निर्देशनमा नाटक मञ्चन गरेको थियो ।
चलचित्रको कथासमेत सोही नाटकको सेरोफेरोमा रहने बताइएको छ । चलचित्रले शैक्षिक बेरोजगारीलाई कथामा पेस गर्नेछ । आँचलले ती दुई अभिनेत्रीलाई पाखा लगाउँदै चलचित्र हात पारेकी हुन् । हास्य रसमा पेस हुने यो चलचित्रले ‘किन चाउरियो मरिच, आफ्नै रागले’ लाई आफ्नो कथाको थिम बनाएको छ ।
चलचित्रमा दयाहाङ र आँचलका साथै माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेको अभिनय रहनेछ । चलचित्र बासुरी फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar