काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले ‘एमसीसी अनुगमन’ गर्न ५ सदस्यीय समिति बनाउने भएको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बरिष्ठ उपाध्यक्षसमेत रहेका सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको हो । यसअघी बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार आजको सचिवालय बैठकलेसमिति बनाउने निर्णय गरेको उपमहासचिव तथा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
१२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार समितिले संसदभित्र पनि समिति बनाउन पहल गर्नेछ ।
अनुगमन समितिका सदस्यहरुमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह रहेका छन् । त्यस्तै समितिमा एकजना विषयविज्ञ भने पछि राखिने खतिवडाले जनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar