एजेन्सी– सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी भएका छन । उनी कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ ।
उनका प्रतिस्पर्धी एनजी कोक सङले १५ दशमलव ७२ र र तान किन लियानले १३ दशमलव ८८ प्रतिशत मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रपति चुनावमा २० लाख ४८ हजार सिङ्गापुरवासीले मतदान गरेका थिए । नवनिर्वाचित थर्मनलाई सहरी क्षेत्रको विज्ञ र बौद्धिक नेताका रुपमा सिङ्गापुरवासीले सम्मान गर्ने गरेका छन् ।
उनले यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रमुख जस्ता जिम्मेवारी लिइसकेका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar