एजेन्सी– भारतको तमिलनाडुको मदुरै रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।
मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।
यी तीर्थयात्रीहरू आज बिहान मदुरै पुगेका थिए । उनीहरुले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए । यो रेल मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर टाढा थियो ।
एक प्रत्यक्षदर्शीले बीबीसीको तमिल सेवालाई केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको बताए ।
अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव फेला परेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar