एजेन्सी– १५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रा जेल चलान भएका छन् । उनी आज विहान मात्रै निजी विमानमार्फत थाइल्याण्ड आएका थिए ।
बैंककको मुख्य विमानस्थलमा अवतरण हुँदा थाक्सिनलाई सयौं समर्थकले स्वागत गरेका थिए । दुई छोरी र छोराका साथ आएका उनले थाइल्याण्डका राजा र रानीप्रति सम्मान व्यक्त गरेका थिए ।
थाइल्याण्डमा सैन्य कु भएसँगै उनी स्वनिर्वासनमा गएका थिए । थाइल्याण्डको राजपरिवारसँग हिरासतमा नराख्ने सहमति भएसँगै थाक्सिन थाइल्याण्ड फर्किएका हुन् ।
थाइल्याण्डको अदालतले उनलाई ८ वर्षको जेल सजाय तोकेको थियो । सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।
थाक्सिन थाइल्याण्डमा सफलतम निर्वाचित प्रधानमन्त्री हुन् । समर्थकहरुले थाक्सिनको स्वदेश फिर्तीको निकै प्रतीक्षा गरेका थिए । ७४ वर्षका थाक्सिनलाई विमानस्थलबाट सिधै सर्वोच्च अदालत लगियो र त्यहाँबाट जेलमा लगिएको थियो ।
अधिकारीहरुका अनुसार उनको उमेरलाई ख्याल गर्दै उनलाई राख्ने ठाउँमा स्वास्थ्य उपचारका विशेष उपकरणहरुको पनि व्यवस्था गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar