काठमाडौं– भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । हाइड्रोपावरले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओको बिक्री खुलाएको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत सेयर बिक्री खुलाएको हो ।
जारी पुँजीको १५ प्रतिशतका दरले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयर बिक्री खुलाइएको छ । प्रतिकित्ता १०० रुपैयाँको यो सेयरमा १६ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ११६ रुपैयाँमा बिक्री खुलाइएको हो । छुट्टाइएको सेयरमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई ८५ हजार ८१० कित्ता सेयर बिक्री भइसकेको छ ।
यस्तै, ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १७ हजार १६२ कित्ता सेयर कर्मचारीका लागि छुट्टाइएको थियो । बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar