एजेन्सी– मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएको हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ ।
यो आँधी उत्तरतर्फ सर्दै जाँदा कमजोर हुने ठानिएको छ । तर क्यालिफोर्नियामा भने यसलाई ८४ वर्षयताकै पहिलो समुद्री आँधी भएको बीबीसीले जनाएको छ ।
यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बीचमा यस्तै आँधी आएको थियो । क्यालिफोर्निया सरकारले दशकौँपछि निकै भयावह आँधीको चपेटामा पर्न लागेको भन्दै सतर्कता अपनाउन भनेको छ । मेक्सिकोमा यही आँधीले व्यापक क्षति पु¥याइसकेको छ ।
तीव्र हावासहित ठूलो वर्षा भएका कारण बाढी र पहिरोले मेक्सिकोलाई अस्तव्यस्त बनाएको छ । आँधीले प्रभावितहरुको उद्धार तथा पुनःस्थापनाका लागि मेक्सिकोमा १८ हजार सैनिकलाई परिचालन गरिएको खबरमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar