काठमाडौं– सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट साढे १७ हजार रुपैयाँका नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३७ वर्षीय रोशन चौधरी रहेका छन् । उनको साथबाट प्रहरीले ५ सय रुपैयाँ दरका ३५ वटा नोट बरामद गरेको छ ।
शनिबार दिउँसो २ बजे स्थानीय विक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा सोही ठाउँका रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको प्रहरीलाई सूचना पुगेको थियो ।
त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाइएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar