नयाँ दिल्लीं – भारतको दिल्ली प्रहरीले चोरीको आरोपमा एक करोडपति युवकलाई पक्राउ गरेको छ । निजले चोरीकै माध्यमबाट करोडौंको सम्पत्ति जोडेको प्रहरीको भनाइ छ । दिल्ली प्रहरीका अनुसार मनोज चौबे नाम गरेका ती व्यक्ति सन् २००१ देखि विभिन्न स्थानमा चोरी गर्दै आएका थिए । उनी एक्लैले २०० भन्दा बढी चोरी गरिसकेको पाइएको प्रहरीको भनाइ छ ।
२५ वर्षदेखि घर–परिवारलाई समेत थाहा नदिइ दोहोरो जीवन निर्वाह गर्दै आएका चौबेले चोरीकै रकमबाट लखनउ र दिल्लीमा घर बनाइसकेका छन् । उत्तर प्रदेश राज्यको सिद्धार्थनगरमा बस्दै आएका चौबेले नेपालमा समेत होटल व्यवसाय सञ्चालन गरेको दिल्ली प्रहरीको भनाइ छ । उनले उत्तर प्रदेशकै सिँचाइ विभागमा कार्यरत एक अधिकृतकी छोरीसँग विवाह गरेका छन् । ससुरालीमा उनले आफू दिल्लीमा पार्किङको ठेक्का लिने गरेको बताएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार चौबेले सिद्धार्थनगरकै शोहरतगढ गाउँमा पत्नीको नाममा एक गेस्ट हाउस बनाएका छन् भने सोही गाउँमा रहेको जमिन एउटा अस्पताललाई भाडामा दिएका छन् । उक्त जमिनको भाडाबापत प्रति महिना दुई लाख भारु लिँदै आएको प्रहरीले जनाएको छ ।
करोडौँको सम्पत्ति र लाखौँ रुपमा भाडा बापत आम्दानी भइरहे पनि चौबेले चोरी गर्न छाडेका थिएनन् । चोरीकै घटनामा एक पीडितको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएपछि चौबे पक्राउ परेका हुन् ।
प्रहरीले सीसीटीभी क्यामेराको फुटेजमा चौबेको अनुहार देखेको थियो । त्यसपछि उनी अर्को एक ठाउँमा एउटा स्कुटरमा घुमेको प्रहरीले देख्यो । स्कुटर नम्बरका आधारमा खोजी गर्दा उक्त स्कुटर विनोद थापा नाम गरेका व्यक्तिको नाममा पाइएको प्रहरीले जनाएको छ ।विनोद उनै चौबेका सालो रहेको बताइएको छ । चौबेले सपना नाम गरेकी नेपाली मुलकी युवतीसँग पनि विवाह गरेर दिल्लीमै गुपचुप राखेको पाइएको हो । विनोदकै माध्यमबाट चौबे पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
चौबेमाथि चोरीको १५ मुद्दा चलिरहेको र यसअघि ९ पटक पक्राउ परिसकेको तथ्य पनि प्रकाशमा आएको छ । तर उनले आफ्नो नाम गलत भन्दै छल्ने गरेको कारण परिवारले समेत उनको करतुत थाहा पाउन नसकेको बताइन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar