एजेन्सी– उत्तर कोरियाले एक जना अमेरिकी सैनिक जानी–जानी आफ्नो देश पसेको बताएको छ ।
आज उत्तर कोरियाको कोरियन सेन्ट्रल न्युज एजेन्सीले गत जुलाईमा दक्षिण कोरियाबाट आएका प्राइभेट किङबारे एक रिपोर्ट प्रसारण गर्दै उनले उत्तर कोरिया वा अरू कुनै मुलुकमा शरण खोजिरहेको उल्लेख गरेको छ ।
अनुसन्धानको क्रममा किङले अमेरिकी सेनामा हुने दुर्व्यवहार र अमेरिकी समाजमा हुने रंगभेदका कारण आफूले उत्तर कोरिया वा अर्को मुलुकमा शरण लिन चाहेको बताएको दाबी गरिएको छ ।
जुलाई १८ मा अमेरिका फर्किने जहाज चढ्न छोडेर किङ उत्तर कोरियातिर लागेका थिए ।
उनका विषयमा उत्तर कोरियाले पहिलो पटक सार्वजनिक जानकारी दिएको हो । अमेरिकी अधिकारीहरूले पनि किङ नियतवश नै उत्तर कोरिया पुगेको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar