काठमाडौं– सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र एमआईएस अपरेटरलाई अख्तियारको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
एमआईएस अपरेटर वीरेन्द्र कुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) भोला दाहालले बताए ।
आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले वीरेन्द्र कुमार यादवको साथबाट २ लाख नगद र लेखापाल टेकनारायणको साथबाट ३ लाख बराबरको चेक बरामद गरेको छ ।
सोलार बत्ती जडान लगायतको योजना भुक्तानी गरेबापत घुस लिइसकेको अवस्थामा उनीहरू राजविराज–३ बाट पक्राउ परेका हुन् । आरोपितहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar